‘अधकट्टी’को च्यारेटीबाट ८ लाख बढि उठ्यो, प्राविधिकहरुलाई दिईने



Adhkatti-trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट प्रभावित भएका प्राविधिकहरुलाई चलचित्र ‘अधकट्टी’को च्यारेटी शोबाट उठेको ८ लाख भन्दा माथिको मोटो रकम हस्तान्तरण गर्ने भएको छ । असार १ गते मंगलबार काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको चलचित्र ‘अधकट्टी’को च्यारेटी शोबाट उक्त ८ लाख भन्दा माथिको रकम उठेको निर्माता प्रदिप उदयले जानकारी दिए ।

अन्तरराष्ट्रिय कलाकार मञ्चको आयोजना र नायिका ऋचा शर्माको संयोजकत्वमा च्यारेटी कार्यक्रम आयोजना भएको हो । चलचित्रको च्यारेटी शोमा चलचित्रकर्मी, कलाकार, प्राविधिक, निर्देशक, पत्रकार सगैं अन्यक्षेत्रमा आबद्ध विभिन्न व्यक्तिहरुको बाक्लो उपस्थिती थियो । ‘अधकट्टी’को च्यारेटी शो हेरेपछि उपस्थित सबैले चलचित्रका कलाकार र निर्देशकको तारिफ गरेका थिए ।

यस सँगै राजधानी बाहिरका विभिन्न ५ शहरमा पनि यो चलचित्रको च्यारेटी हुने भएको छ । काठमाण्डौ बाहिरबाट करिब ५ देखि १० लाख सम्म उठ्ने उनको अनुमान छ । सुव्रत आचार्यले निर्देशन गरेको चलचित्रमा अशिष्मा नकर्मी, रिस्ता बस्नेत, प्रदिप बाँस्तोला, गौरव पहारी, विल्सन विक्रम राइको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu