बलिउडको बहुप्रतिक्षित चलचित्र बजरंगी भाइजानको ट्रेलर रिलिज भएको छ । इदमा प्रदर्शन हुन लागेको बलिउडका सुपरस्टार सलमान खान अभिनित चलचित्र बजरंगी भाइजानको ट्रेलरमा माया, प्रेम, एक्शन, रोमान्स सबै पक्षलाई प्रस्तुत गरिएको छ ।
सलमानले सार्वजनिक ट्रेलरको अन्तिममा ट्रेलर हेरेपछि सल्लाह सुझाव दिन पनि आग्रह गरेका छन् । एक बालिकाको दुखत कथा, करिनाको सलमानसँग प्रेम सगैं बजंरगी अर्थात सलमान खानले गर्ने पाकिस्तान यात्राको कथालाई चलचित्रले प्रस्तुत गरेको छ । यस अघि एक था टाइगर निर्देशन गरेका कबिर खानले यस चलचित्रलाई निर्देशन गरेका हुन् ।
चलचित्रमा सलमान खानको पनि लगानी रहेको छ । किक चलचित्र पश्चात पर्दामा नदेखिएका सलमानसँग यस चलचित्रमा करिना कपुर, नवाजुद्दिन सिद्दिकीको मुख्य भुमिका रहेको छ । सलमान खान फिल्मसको अफिसियल यूट्युव च्यानलबाट सार्वजनिक गरिएको ट्रेलरलाई दर्शकहरुले अत्याधिक रुचाउने आँकलन गरिएको छ ।
ट्रेलर हेर्नुहोस्: