ठुलोपर्दा डटकम, काठमाण्डौ।
पहिलो पटक चलचित्र हिम्मतवालीमा अभिनय गरेपछि नायकको रुपमा आफ्नो परिचय बनाएका सुदर्शन गौतमले केहि दिन अगाडी पत्रकार श्यामसुन्दर गीरीलाई समाचार लेखेकै भरमा ज्यान मार्ने सम्मको धम्की दिएकोप्रति चलचित्र पत्रकार संघले खेद व्यक्त गरेको छ ।
‘भूकम्प पिडितका नाममा राहत संकलन भनि अमेरिका उड्न थाले कलाकार’ शिर्षकमा फिल्मीबजार डट कममा प्रकाशित गरिएको गसिप समाचारकै आधारमा सुदर्शन गौतमले पत्रकार गीरीलाई मारेर फाल्ने भन्दैं फोनमा अश्लिल शब्द बोलेको, समाचार संस्था एवं समाचार तथा संचारकर्मीको धावा बोलेको, पटक पटक चलचित्र पत्रकार संघको नाम समेत उल्लेख गरी संघको सदस्य समेतबाट निश्काशनगरिदिने भनी गैर कानुनी शब्द र व्यवहार देखाएका कारण पत्रकार संघले आइतबार प्रेस विज्ञप्ती जारी गर्दे खेद व्यक्त गरेको हो ।
महासचिब सन्दिप सापकोटाद्धारा जारी विज्ञप्तीमा कसैले समाचार लेखेकै कारण आफुलाई चित्त नबुझेमा कानुनि प्रकृया हुँदाहुँदै गौतमले कानुनकै उल्लङघन गरेकाले उनलाई माफी माग्न १५ दिने अल्टीमेटम समेत दिइएको छ । विज्ञप्तीमा यदि सुदर्शनले संघले दिएको अल्टीमेटम भित्र आफ्ना शब्द फिर्ता लिई माफी नमागेमा उनलाई बहिस्कार सम्म गर्न सकिने उल्लेख छ । हाल अमेरीकामा रहेका कलाकार सुदर्शन गौतमले फोन मार्फत ज्यान मार्ने सम्मको धम्की दिएका थिए । गौतम नायिका रेखा थापाका प्रेमी भएको हल्ला बजारमा छ ।