धादिङका भूकम्पपिडीतमाझ सांस्कृतिक थेरापी



ent-therapi

ठुलोपर्दा डटकम, धादिङ्ग।
बैशाख १२ गतेको महाभूकम्प तथा त्यसपछिका निरन्तर पराकम्पबाट क्रसित एवं भयभित धादिङका भूकम्पपिडीतको त्रासलाई कम गर्न कलाकारहरुले उनीहरुमाझ पुगेर मनोरञ्जनात्मक सांस्कृतिक थेरापी प्रस्तुत गरेका छन् । धादिङको जीवनपुर पुगेर कलाकारहरुले विभिन्न तबरले भूकम्प पीडितलाई मनोरञ्जन प्रदान गरे ।

चलचित्रका नायक नायिकादेखि सानो पर्दाका हाँस्य कलाकारहरुका साथमा गायक गायिकाको जम्बो टोलीले जीवनपुर पुगेर त्यहाँका भूकम्पपिडितको मुहारमा मुस्कान छरेका थिए । कलाकार विनोद केसी र कलाकार तथा चलचित्र निर्माता मधुकुमार श्रेष्ठको संयोजनमा स्थानिय श्री महेशधर्म उमावि र श्री महादेवस्थान माविद्धारा बद्रीटार चौरमा आयोजित कार्यक्रममा कलाकारहले गीत संगीत, नृत्य र हास्य प्रस्तुति पस्केका थिए । हाँस्य कलाकार तथा जादुगर महादेव त्रिपाठीद्धारा क्यारिकेचर र जादु प्रदर्शनका साथ सञ्चालित कार्यक्रममा नायिका तथा मोडल बिनु खड्काले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने नायक शुशान्त कार्कीले नायिका सारिका घिमिरेका साथ विभिन्न लोक, आधुनिक तथा चलचित्रका गीतमा आफ्नो खुला शरीर र टाउकोमा ट्युबलाईट फुटालेर र छातीमा मैनबत्तीको मैन चुहाउँदै जोखिमपूर्ण साहसी नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी आयोजक स्कुल महादेवस्थान माविका विद्यार्थीले पनि आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

गायक खगेन्द्र श्रेष्ठ, मोडल, गायक, कलाकार तथा म्युजिक भिडियो निर्देशक दुर्गेश थापा र गायिका सिर्जना खत्रीले गीत गाएका थिए । हाँस्य कलाकार किरण केसी, शिवहरि पौडेल,मनोज आचार्य,विनोद केसी, केदार घिमिरे, सुरेन्द्र केसी आदीले त्यहाँ उपस्थित भूकम्पपीडितलाई हस्यौली प्रस्तुत गरेका थिए । कार्यक्रममा नायिका शुभेच्छा थापा,
रक्षा श्रेष्ठ, निर्माता केदार पराजुली, निर्देशक गोविन्द गौतम र राजु गिरी, सगीतकार विकास चौधरीलगायत पनि प्रस्तुत भएका थिए ।

कार्यक्रम सम्पन्न गरी काठमाडौं फर्कने क्रममा कलाकारहरु सवार गाडीमध्ये हास्य कलाकारहरु सवार एउटा बस जीवनपुरबाट टायलघरनिरको उकालोमा ब्रेक फेल भएपछि गाडी व्याक हुन पुग्दा कलाकारहरुबिच भागदौड मचिएको थियो। गाडीको ब्रेक आयल लिक भएकाले ब्रेकले आंशिक काम गरेका कारण कलाकारहरु नागढुंगासम्म गियर र आंशिक ब्रेकका भरमा काठमाडौं फर्केका थिए। नागढुंगा नपुगुञ्जेल ओत हालेर गाडी रोक्दै कलाकारहरु काठमाडौं आएका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu