ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि दिन अगाडी नायिका प्रियंका कार्कीले आफुले किनेको नयाँ गाडीको तस्विर सामाजिक सञ्जाल फेसबुकमा हालेपछि उनका बारेका नराम्रो हल्ला चल्यो । केहि मिडिया तथा फ्यानले नै भूकम्पपीडितका लागी आएको रकमबाट प्रियंकाले गाडी किनेको भनेपछि उनि यो साता चर्चामा रहिन् । तर हालै उनले उक्त हल्लाको खण्डन गर्दै यस विषयमा मुख खोलेकी छिन् ।
हाल आफ्नो आमा बुबासँग भारतमा रहेकी प्रियंकाले फेसबुकमार्फत आफ्नै पैसाले गाडी किनेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘यूकेको च्यारेटिको पैसा नेपाल आइसकेको छैन । हामी उहाँ हुँदा करिब ५ वटा कार्यक्रममा सहभागी भयौँ र त्यसबाट त्यहि ५ लाख जति पैसा उठेको थियो तर अझैं केहि कार्यक्रम गरेर मात्र उक्त रकम नेपाल उठाउने आयोजक संस्थाहरुले बताएका छन् । हामी सहभागी भएको कार्यक्रमका ३ जना मध्ये एक जना आयोजक गोरखाको वारपाककै हुनुहुन्छ । ५ लाख जम्मा उठेको रकमबाट मैंले कसरी कार किने होला र ? अनि अर्को कुरा मैंले भूकम्प जानु भन्दा अगाडी नैं कार किनीसकेको थियो” ।
उनले गाडि किनेर घरमा पुजाको तयारी मात्र भएको र त्यसको दुई दिनमा भुकम्प आएको बताएकी छिन् । उनले भूकम्पको बेला धेरै रात त्यही गाडीमै सुतेको जनाएकी छिन् । उनले लेखेकी छिन्, ‘जुन दिन यूकेमा गरेको च्यारेटिको पैसा नेपाल आइपुग्छ, त्यो पैसा बोकेर च्यारेटि रकम एउटा कागजमा ठूलो ठूलो अक्षरले लेखेर, फोटो खिचेर हाल्ने छु । सबैलाइ बिश्वास गराउन यहि गर्नु पर्ने रहेछ। यहाँको चलन यहि नै रहेछ ।’ प्रियंकाले निकै आक्रोसमा आफुले किनेको गाडी सस्तोमा किनेको पनि उल्लेख गरेकी छिन् । खबरका अनुसार उनले उक्त गाडी ५० लाखमा किनेकी थिइन् ।
हेर्नुहोस् उनको स्टाटस जस्ताको तस्तै: