ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि दिन अगाडी अमेरिकाको टेक्सास राज्यबाट फोन गरि रंग पत्रकार श्याम सुन्दर गिरीलाई ज्यान मार्ने धम्की दिएका सुदर्शन गौतमप्रति नेपाल पत्रकार महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका सचिव ध्रुव लम्सालद्वारा जारी विज्ञप्तीमा सुदर्शनको ब्यवहार प्रेसस्वतन्त्रता विरुधी काम भएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा लेखिएको छ – ‘फिल्मीबजार डटकममा प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो छ भने त्यस उपर कानुनी उपचारको मार्गप्रशस्त हुँदा-हुँदै पत्रकारलाई भौतिक कारबाहीको धम्की दिनु प्रेसस्वतन्त्रता विरुधी काम हो’ । कलाकार गौतममाथि कानुनी कारबाही गरि पत्रकारको भौतिक सुरक्षाको ग्यारेन्टि गर्न पनि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
फिल्मीबजार डटकमका सम्पादक समेत रहेका गिरीलाई केहि दिन अगाडी कलाकार गौतमले ज्यान मार्ने धम्की दिएका थिए । कलाकार गौतमले ज्यान मार्ने धम्की दिएसँगै विभिन्न संघ संस्थाले यस विषयमा गम्भिर ध्यानाकर्षण गरेका छन् । चलचित्र पत्रकार संघ, प्रेस यूनियन लगायतका संघ संस्थाले कलाकार गौतमप्रति खेद व्यक्त गरेका छन् ।