ग्लोबल फिल्म फेस्टिभलमा नन्दिता र केकीले नृत्य गर्ने



global-film-fiestival

एफ आइ एको आयोजनामा अगस्त ७ देखि १६ सम्म सञ्चालन हुने सन फ्रान्सिसिस्को ग्लोबल फिल्म फेस्टिभलले सोमबार पत्रकार सम्मेलन गर्दै फेस्टिभलका बारेमा जानकारी गराएको छ । बलिउड अभिनेता ओम पुरी तथा हलिउड एक्ट्रेस काई चिनको प्रमुख आतिथ्यतामा भेटघाट कार्यक्रममा सभापति झाप्रा रोमेस र संस्थाका अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक डा.फासी खुरानाले महोत्सबका बारेमा जानकारी गराएका थिए ।

फेस्टिभलमा नेपालबाट सुनिल थापा, नन्दिता केसी, केकी अधिकारी, विल्सन विक्रम राई, राजभल्व कोइराला, निरज बराल, पुजना प्रधान, नरेश देव पन्त, ऋचा घिमिरे, अनुशिल श्रेष्ठ, जस कुमार राई, राजकुमार लामा सहभागी हुने बताइएको छ । आयोजक संस्थाले पुनः पत्रकार सम्मेलन गरी नेपाली कलाकारसहित बलिउड र हलिउडका चर्चित कलाकारहरुको सहभागिता हुने जानकारी गराएको हो ।

संस्थाका ग्लोबल डाइरेक्टर प्रकाश थापाका अनुसार नायिका नन्दिता केसी र केकी अधिकारीले नेपाली सांस्कृतिक झल्किने नृत्य प्रस्तुत गर्नेछन् । फेस्टिभलमा ३० देश का २५० चलचित्रले सहभागिता जनाउनेछन् । हलिउडबाट ज्याक्की च्यान, शरोन स्टोन तथा बलिउडबाट रानी मुखर्जी, विद्या बालन, सोनु निगम लगायतका कलाकार सहभागी हुने डा.फासी खुरानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu