राम केशर बोगटीद्वारा कलाकार संघको अध्यक्षको उम्मेद्वारी घोषणा



ramkeshar-bogati

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ २३ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा कलाकार राम केशर बोगटीले उम्मेद्वारी दिने भएका छन् । उनले आइतबार आफु नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।

कार्यसमितिको सदस्य हुदै वर्तमान कार्यसमितिको महासचिवको पदमा रहेका उनले पत्रकार भेटघाट गरि आफ्नो भावी योजना समेत सार्वजनिक गरेका छन् । उनले आफ्नो भावी योजनामा कलाकार संघका सदस्यलाई संघले दिने विमाको व्यवस्थालाई अगाडी बढाउने, संघको आर्थिक वृद्धि सँगै देश विदेशमा चलचित्र अवार्डको आयोजना गर्ने, कलाकारहरुलाई देश देखी विदेशमा आयोजना हुने गोष्ठि तथा सेमिनारमा सहभागीता जनाउने, विधान बमोजिम बरिष्ठ कलाकार तथा लोकप्रिय कलाकारको उपाधि दिइने, इन्टरनेशनल फेडेरेशन अफ एक्टर्ससँगको आबद्धतालाई निरन्तरता दिइने लगायतका अन्य मागहरु अध्यक्षका प्रत्यासी बोगटीले अगाडी सारेका छन् ।

उनले नेपाली चलचित्र र नेपाल चलचित्र कलाकार संघको उत्थान र विकासका लागि आफुले सक्दो प्रयास गर्ने पनि बताए । उनले भने -‘हामी पर्दामा नाँचेका कलाकारहरु देख्दा उनीहरुसँग कुनै पिडा नै हुँदैन भन्ने लाग्छ तर कलाकारहरु पनि निकै पीडित हुने गरेका छन् । तर उनीहरुको पीडालाई कलाकार संघले पनि ध्यान दिन सकेको छैन र त्यो कुरालाई पनि मैंले मेरो भावी योजनामा अगाडी सारेको छु ।’

दर्जनौं चलचित्र देखी नाटकसम्म अभिनय गरिसकेका राम केशर बोगटी आफु नेपाल चलचित्र कलाकार संघको लायकको उम्मेद्वारी रहेको पनि दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu