चलचित्र संघ र निर्माता संघको सम्झौता भंग



ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि समय अगाडी नयाँ चलचित्र चलाउनका लागि प्रोत्साहन गर्न चलचित्र संघले असार र साउनमा प्रदर्शनमा आउने चलचित्रलाई ६० प्रतिशत शेयर दिने प्रस्ताव अगाडि सारेको थियो । र त्यसका लागि संघले कार्यदल पनि बनाएको थियो । उक्त कार्यदलले आइतबार राजिनामा दिएपछि यो विषयमा विभिन्न खबरहरु बाहिर आउने क्रममा चलचित्र निर्माता संघले प्रेस विज्ञप्ती जारी गर्दै चलचित्र संघसँगको सहकार्य आजबाट तोडिएको उल्लेख गरेको छ ।

संघका महासचिव केशव भट्टराईद्वारा जारी विज्ञप्तीमा नेपाली चलचित्रमा देखिएका समस्याहरुलाई दुई संघले मिलेर समाधान गरेको अवस्थामा हिन्दी चलचित्रका हिमायतीहरुले देखाएको रवैयाका कारण संझौता तोडिएको उल्लेख छ । साथै मल्टिप्लेक्स र हिन्दि चलचित्रका हिमायतीहरुको दादागिरीकै कारण उत्पन्न परिस्थितिको घोर विरोध पनि विज्ञप्तीमा गरिएको छ ।

आइतबार मात्र हलका अध्यक्षले नै ६० प्रतिशत शेयर दिने नमानेपछि कार्यदलले राजिनामा दिएको थियो । कार्यदलमा संघका महा-सचिव मधुसुदन प्रधान, उप-महासचिव देवेन्द्र खड्की र उपत्यका सभापति गोपाल कायस्थ थिए । अध्यक्ष नकिम उद्दिन र निवर्तमान अध्यक्ष राजकुमार पोख्रेलले ६० प्रतिशत शेयर दिने प्रस्ताव नमानेपछि कार्यदलले राजिनामा दिएको बताइएको छ । असार र साउनमा चलचित्र चलाउने निर्माताले ६० प्रतिशत न्यूनतम शेयर पाउने गरि केहि समय अगाडी चलचित्र संघले यो निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu