अमेरिकामा नै चलचित्र निर्देशन गर्दै श्याम भट्टराई



Shyam-Bhattrai

निर्देशक श्याम भट्टराईले अमेरिकामा नै चलचित्र निर्देशन गर्ने भएका छन् । उनले अमेरिकामा रहेका एनआरएनका कथा व्यथामा बन्न लागेको चलचित्र निर्देशन गर्न लागेको जानकारी गराए । उनि केही महिना अघि अमेरिका पुगेका थिए ।

फिल्म नेपाल विश्व सहयोग संघ Nepal association for global cooperation को तत्वावधानमा बन्न लागेको हो । चलचित्रमा अमेरिकाको सान्सफ्रान्सिस्कोमै बसिरहेका युवा प्रिन्स युवराज कार्की र सुजित सिंहको पनि लगानी रहनेछ ।

श्यामले चलचित्रमा नेपालबाट गई अमेरिकाका विभिन्न प्रान्तमा छरिएर बसेका कलाकारलाई अभिनय गराउने जानकारी गराए । उनले भने, ‘नेपालका धेरै स्थापित कलाकारहरु यहाँ हुनुहुन्छ । भूमिका अनुसार उहाँहरुलाई आबद्व गराउँछौ । केही कलाकार भने अडिसनबाट पनि छान्छौं । यसका लागि अहिले अमेरिकाका विभिन्न राज्यमा अनुसन्धानको काम भईरहेको छ ।’

नाम तय भईनसकेको चलचित्रमा नेपालीले अमेरिकामा पाएका सफलता र असफलताको कथा प्रस्तुत गर्ने श्यामले बताए । ‘फिल्मले अमेरिकामा रहेका नेपालीको जीवनलाई दुरुस्त उतार्ने छ । नेपालीका लागि फिल्म अमेरिका हेर्ने ऐना हुनेछ,’ श्यामले भने ।
दशैंपछि सुटिङ गर्ने लक्ष्य राखिएको फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा रहनेछ भने संगीत अर्जुन पोखरेलको रहनेछ ।

नेपाल टेलिभिजनबाट प्रसारण भएका टेलिसिरियल ‘गहना’, ‘जानकी’, ‘दुई थोपा आँशु’को सफल निर्देशन पश्चात ठूलो पर्दाको फिल्म निर्देशन थालेका श्यामले यसअघि ‘मर्यादा’, ‘मौसम’ र ‘लंका’ ‘च्यालेन्ज’ निर्देशन गरिसकेका छन् । पहिलो फिल्म ‘मर्यादा’बाट श्यामले नेफ्टा अवार्डमा उत्कृष्ट फिल्म अवार्ड जित्न सफल भएका थिए । श्यामले यसपछि भर्जनियामा लामो समयदेखि बसिरहेका कृष्ण खत्री, मनोज सिंह र यादव पौडेलको लगानीमा बन्ने फिल्म पनि निर्देशनको तयारी गरिहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu