निश्चल बस्नेतको विकास बोर्डलाई चुनौती – ‘मलाई रोकेर देखाउनुहोस्’



nischal-1

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्देशक निश्चत बस्नेतले चलचित्र विकास वोर्डलाई चुनौती दिएका छन् । हालै नयाँ चलचित्र निति लागु गरेको वोर्डलाई उनले आफ्नो कामलाई रोकेर देखाउन चुनौती दिएका हुन् ।

आफ्नो आधिकारीक फेसबुक मार्फत उनले आफले एक चलचित्रको सेन्सर नगर्दै अर्को चलचित्र बनाउन लागेकोमा नितिले उक्त कुरालाई रोक्न खोजेकोमा चुनौती दिएका हुन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘मेरो पोष्ट प्रोडक्सनमा रहेको चलचित्र तान्द्रो सेन्सर नगरि मैले मेरो ब्यानरबाट अर्को नयाँ चलचित्र बनाउन पाउदिन रे ? अरु के के मापदण्ड छ अब म जान्न पनि चाहन्न । म अर्को चलचित्र बनाउछु । रोकेर देखाउनुस ?’

उनले यसरी चेतावनी दिएपछि फेरी एकपटक यो विषयले चर्चा पाएको छ । उनले केहि समय अगाडी चलचित्र बनाउने ब्यक्ति सेन्सर बोर्ड मा भए पनि चलचित्र सेन्सर गर्ने शैलीमा केही परिवर्तन नभएको भन्दै आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu