निर शाहलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड, वितरण गरिदैछ राष्ट्रिय टेलिभिजन सम्मान



tv-sammanठुलोपर्दा डटकम, काठमाण्डौ।
टेलिभिजन कलाकर्मी मञ्चले पहिलो पटक ‘राष्ट्रिय टेलिभिजन सम्मान ०७२’ को आयोजना गर्ने भएको छ । विहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजन गर्दै आईतबार साँझ कमलादिस्थित प्रज्ञा प्रतिष्ठान भवनमा उक्त सम्मान कार्यक्रम आयोजना हुने मञ्चकी अध्यक्ष दीपाश्री निरौलाले जानकारी दिइन ।

सूचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा हुने सम्मान कार्यक्रममा निर शाहलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिने पनि पत्रकार सम्मेलनमा दीपाले जानकारी दिएकी छिन् । साथै उक्त सम्मान कार्यक्रममा आठ जना कलाकर्मी तथा टेलिभिजन कार्यक्रमलाई ‘विशेष योगदान’ र टेलिभिजनसँगै जोडिएका दुई संस्थालाई ‘संस्थागत सम्मान’ प्रदान गरिनेछ । त्यसैगरी टेलिभिजनबाट प्रसारण भएका कार्यक्रमहरु मध्येबाट ११ वटा कार्यक्रम वा कलाकर्मीलाई पनि पुरस्कृत गरिने दीपाश्रीले जानकारी गराइन् ।

टेलिभिजन कलाकर्मी मञ्च नेपालको यो सम्मान कार्यक्रममा चलचित्र विकास वोर्ड, नेपाल टेलिकम, मिडिया हव प्रा.लि लगायत संघ संस्थाले सहयोग गर्नेछन् । सम्मान कार्यक्रममा हाँस्य प्रस्तुती देखी नृत्य पनि हुने उपाध्यक्ष श्रीप्रसाद थापाले जानकारी दिए । बेलुकी ५ बजेबाट सुरु हुने कार्यक्रम नेपाल टेलिभिजन र एनटिभी प्लसबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu