२ अर्ब ५० करोड भारुमा निर्माण भएको दक्षिण भारतिय चलचित्र ‘बाहुबली’ले प्रदर्शनमा आएको २ दिनमा नै १०० करोड कमाउन सफल भएको छ । यो भारतिय चलचित्र इतिहासकै पहिलो रकेर्ड हो ।
शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिनमा ५० करोडको व्यापार गरेको थियो भने दोस्रो दिन शनिबार ५२ करोड भन्दा माथिको व्यापार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विश्वभर ४ हजार भन्दा बढि पर्दामा एकसाथ प्रदर्शनमा आएको यो चलचित्र भारतको अहिलेसम्मकै सबैभन्दा महंगो बजेटमा निर्माण भएको पहिलो चलचित्र हो ।
तेलुगु हिरो प्रभासको धमाकेदार एक्शनलाई सबैले अत्याधिक मनपराएका छन् । उनीसँगै चलचित्रमा राणा दग्गुबती, राम्या कृष्णा, अनुष्का शेट्टी र तमन्ना भाटियाको पनि मुख्य भुमिका रहेको छ । एसएस राजामौलीले निर्देशन गरेको यो चलचित्रलाई बलिउडका सुपरस्टार अमिताभ बच्चन, सलमान खान, शाहरुख खान,आमिर खान, अजय देवगन लगातयका कलाकारहरुले समेत चलचित्र निकै राम्रो रहेको भन्दै प्रतिक्रिया दिएका थिए ।