संगीत उत्पादकहरुको भेलामा उद्योग संघको ऐक्यवद्धता



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाल संगीत उद्योग संघले सोमबार आयोजना गरिएको संगीत उत्पादकहरुको भेलामा ऐक्यबद्धता जनाउँदै सहभागिताका लागि सबै संगीत उत्पादकहरुलाई आव्हान गरेको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघले आफ्ना सम्पुर्ण सदस्यहरुलाई भेलामा सहभागी गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।

संघका अध्यक्ष अर्जुन बोहोराको हस्ताक्षर रहेको विज्ञप्तीमा संगीत उत्पादक समाज नेपाल बैशाख १२ गतेको महाभुकम्प र त्यसपछिका पराकम्पका कारण प्रतिलिपि अधिकार नियमावली अनुरुप कार्यहुन नसक्दा खारेजीमा परेकोले सोहि प्रकृतीको संस्थाको आवश्यकता रहेकोमा भेलामा ऐक्यबद्धता जनाइएको उल्लेख गरिएको छ । साथै विज्ञप्ती मार्फत सम्पुर्ण नेपाली श्रव्य तथा श्रव्य दृश्य सांगीतिक सामाग्रीहरुको ध्वनीअकंनकर्ता तथा उत्पादकहरुलाई आवश्यक कागज पत्र सहित सहभागि हुन आव्हान गरिएको छ ।

संगीत उत्पादकहरुको हकहित र रोयल्टी व्यवस्थापनका लागि महत्वपुर्ण काम गरेको संगीत उत्पादक समाजको स्थानमा सोहि प्रकृतीको संस्था अपरिहार्य आवश्यक रहेकोले सोमबारको भेलाले विशेष महत्व राख्ने संगीत उत्पादकहरुले बताएका छन् । तुरुन्तै उत्पादकहरुको साझा संस्था नभए हिजो भएका महत्वपुर्ण सम्झौता पछि पर्ने र रोयल्टी व्यवस्थापनको काम वर्षौ पछाडि धकेलिने उनिहरुको ठहर छ ।

सार्वजनिक सुचना सहित प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयलाई जानकारि दिइ सोमबार दिउँसो १ बजे अनामनगर काठमाडौंमा उत्पादकहरुको भेला राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu