हलिउड अभिनेता उमर शरीफको निधन, दुईपटक जितेका थिए गोल्डन ग्लोब पुरस्कार



umer-shariff

लरेन्स अफ अरेबियाका प्रसिद्ध अभिनेता उमर शरीफको निधन भएको छ । उनको ८३ वर्षको उमेरमा निधन भएको हो । मिश्रको अलेक्जेड्रियामा जन्मेका शरीफलाइ ‘लरेन्स अफ अरबिया’ र ‘डक्टर जवागो’को प्रभावशाली भूमिकाबाट बिश्व प्रसिद्धी भएका थिए ।

शरीफले १९६२ मा ‘लरेन्स अफ अरेबिया’ मा प्रसिद्ध भुमिका निवार्ह गरेको हुनाले गोल्डन ग्लोब पुरस्कार प्राप्त गरेका थिए । उनी एक पटक ओस्कार अवार्डको नोमिनेशनमा समेत परेका थिए । शरीफ अल्जइमर बिमारीका कारण लामो समय देखी उपचार गराइरहेका थिए । उपचारको क्रममा उनी कहिराको एक अस्पतालमा निधान भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu