प्रवललाई अमेरिकामा सम्मान गरिने



prabal-gurung

नेपाली मुलका हलिउड फेसन डिजाइनर प्रवल गुरुङलाई फेसन जगतमा सिर्जनात्मकता भित्र्याएको र नेपालका भूकम्प पीडितलाई सहयोग गरेबापत अमेरिकामा विश्व फेसनको प्रतिष्ठित संस्था फेसन ग्रुप इन्टरनेसनलले आउँदो नोभेम्बर १३ मा नाइट्स अफ स्टार्स गालाको छेको पारेर सम्मान गर्ने भएको छ ।

गुरुङलाई करियर अचिभमेन्ट फेसन अवार्डका लागि छनौट गरिएको जनाइएको छ। प्रबललाई गत वर्ष अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि सम्मान प्रदान गरेको थियो । गुरुङले भूकम्पपीडितका लागि अस्थायी घर निर्माण देखी हलिउड सेलिब्रेटीहरुसँग आर्थिक सहयोगको अपिल गरेका थिए । प्रबलले आफू प्रमुख रहेको शिक्षा फाउन्डेसनमार्फत भूकम्प पीडितका लागि राहत संकलन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu