‘बिम्बाका सपना’ लम्बियो



Bimbaka-Sapana

ठुलोपर्दा डटकम, काठमाण्डौ।
काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा असार ११ देखि मञ्चन भइरहेको नाटक ‘बिम्बाका सपना’ साउन ३ गते आइतबार सम्म मञ्चन गरिने भएको छ । असार २९ गतेसम्मको लागि तय भएको मञ्चन मिति साउन ३ सम्म लम्बिएको हो ।

यससँगै थप गरिएको चार दिनको हरेक दिन नाटक दुई शो हुने पनि हुने थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले जानकारी दिए । नाटक बिम्बाका सपना साउन ३ सम्म हरेक दिन दिउँसो २ बजे र साँझ ५:१५ बजे मञ्चन मञ्चन हुनेछ । वर्षको सुरुवातीमा आएको भुईंचालोबाट आएको मानसिक तनावका बाबजुद पनि सात तले नाटक घर ‘थिएटर मल’ मा दर्शकहरुको उल्लेख्य उपस्थितिबाट उत्साहित भएर नाटकको मिति लम्बाइएको थिएटर मलका श्रेष्ठले जानकारी दिए ।

थिएटर आकार र थिएटर मलको संयुक्त प्रस्तुति रहेको नाटक बिम्बाका सपनालाई प्रा.डा. अभि सुवेदीले लेख्नुभएको हो भने घनश्याम श्रेष्ठले परिकल्पना तथा निर्देशन गरेका छन् । नाटकमा सुष्मा कोइरालाको एकल अभिनय देख्न पाइनेछ । साथमा सुमन कोइराला, रविना श्रेष्ठ, विवेक गोपाली, विशाल डोटेल, प्रज्वला डंगोल, अञ्जनी भरतवाल, शंकर भण्डारीले छायाँ दृश्य (स्याडो प्ले)मा साथ दिएका छन् । पति विना नाबालक शिशुलाई अनेकन प्रश्नहरुको सामना गर्दै दरबारभित्र एकल महिलाले भोगेको कथा नाटक ‘बिम्बाका सपना’ ले बोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu