कालो काम गर्नेको सेतो कथा ‘रातो घर’को टिजर रिलिज (भिडियो)



rato-ghar--teaser

ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘कालो काम गर्नेको सेतो कथा’ भन्ने मुल नारा लिई बनेको नेपाली कमेडी चलचित्र रातो घरको अफिसियल टिजर रिलिज भएको छ । हालसम्म नेपालमा चलचित्रको प्रदर्शन मिति सार्वजनिक नगरिसकेको चलचित्र रातो घरको टिजरमा चलचित्रमा अभिनय गरेका कलाकारहरुको पात्रको नाम खुलाइएको छ ।

चलचित्रका कलाकार एवं निर्माता विल्सन विक्रम राई ‘झकहाम्ले’, विकास श्रेष्ठ ‘कोरियन’, संयम पुरी ‘कात्तिके’, जितेन तामाङ ‘९३’ र गौरव पहाडी ‘डुकी’को पात्रमा देखिएका छन् । जुलाई २५ का दिन युके को प्रिन्सेस हलमा रेड कार्पेट प्रिमियर गरिन लागिएको चलचित्र रातो घरमा विल्सन विक्रम राई, सयंम पुरी, गौरव पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कुवँर, भानु प्रताप, उपशना नेम्वाङ, श्याम राई लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्रमा सुरज सुब्बा नाल्बोको पटकथा र निर्देशन रहेको छ । निकेश लिम्बुको प्रस्तुतीमा निर्माण भएको यस चलचित्रमा महेश खडका र डम्बर नेपालीको संगीत रहेको छ ।
टिजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu