‘ग्याङ्नम स्टाईल’ गायकको कार दुर्घटना



PSY-Accident-in-China

‘ग्याङ्नम स्टाईल’ बोलको गीतबाट संसारभर धूम मच्चाएका दक्षिण कोरियाली पपस्टार PSY को कार चीनको एक शहरमा दुर्घटना भएको छ । उनि चढेको रोल्स रोयस कार एक बससँग ठोकिएको थियो । भाग्यवश त्यस दुर्घटनामा कसैलाई केहि भएन ।

चिनिया सञ्चार माध्यमका अनुसार चीनको झेजियांग प्रान्तको हांग्जोमा उक्त दुर्घटना भएको हो । उनि होटल गईरहेको बेला दुर्घटना भएपछि अर्को कारको प्रयोग गरी त्यहाँबाट गएका थिए ।

PSY ले २०१२ मा ‘ग्याङ्नम स्टाईल’ बोलको गीतबाट रातारात प्रसिद्धि पाएका थिए । उनको उक्त गीतको भिडियो यूट्यूबमा हालसम्मकै बढि हेरिएको भिडियोमा पर्छ । हालसम्म २.३ अर्ब भन्दा बढिले भिडियो हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu