जुम्बा नृत्यले बनायो विश्व कीर्तिमानी



jumbaफिलिपिन्सको मण्डालुयोङ शहरमा भएको जुम्बा नृत्यको भव्य सहभागिताले विश्व कीर्तिमानी बनाएको छ । विगतको जुम्बा नृत्य सहभागितालाई उछिन्न तथा विश्व कीर्तिमानीका लागि आयोजना गरिएको नृत्यमा १२ हजार ९ सय ७५ जना सहभागी भएका थिए ।

यसअघि भएको जुम्बा नृत्यमा ८ हजार २ सय ३२ को सहभागिता थियो । उत्साहपूर्ण रुपमा नृत्यमा सहभागि हुँदै स्थानीयले फिलिपिन्स र मण्डालुयोङ शहरको नाम उच्च राख्न सहयोग मिलेको बताए ।

४ हजार ७ सय ४३ को फराकिलो अन्तरले सहजै नयाँ विश्व कीर्तिमान बनेको भन्दै गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधि एलन पिक्स्लेले नयाँ विश्व कीर्तिमानको घोषणा गरे । गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र शहरका मेयर बेन्हुर अबालोसले प्राप्त गरेका छन् ।

१९९० तिर कोलम्बियाली डान्सर तथा कोरियोग्राफर बेटो पेरेजले विकास गरेको यो नृत्यले विश्वकै ध्यान खिचेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu