सेप्टेम्बर २७ मा बेल्जियममा “IAF आर्टिस्ट अवार्ड”



IAF-Europeअन्तर्राष्ट्रिय कलाकार मञ्च यूरोपद्वारा आयोजना गरिएको “IAF आर्टिस्ट अवार्ड” सेप्टेम्बर २७ मा हुने भएको छ । हाल अवार्डमा सहभागि चलचित्र हेर्ने कार्य भईरहेको बताईएको छ ।

विभिन्न साँस्कृतिक कार्यक्रमका साथ करिव आठ सय दर्शक तथा शुभचिन्तकहरूकाबी अवार्ड प्रदान गरिने चलचित्र संयोजक एवं नेपाल शाखाका सदस्य सुमन दाहालले वताएका छन् । “IAF आर्टिस्ट अवार्ड”मा २०७१ मा प्रदर्शन भएका ८२ चलचित्रले सहभागिता जनाएका छन् ।

“IAF आर्टिस्ट अवार्ड”मा १२ विधा तथा तीन सम्मानमा अवार्ड दिईने छ ।

विधाहरू
उत्कृष्ट गायक
उत्कृष्ट गायिक
उत्कृष्ट हास्यकलाकार
उत्कृष्ट खलनायक
उत्कृष्ट संपादक
उत्कृष्ट गीतकार
उत्कृष्ट संगीतकार
उत्कृष्ट नृत्य निर्देशक
उत्कृष्ट नायिका
उत्कृष्ट नायक
उत्कृष्ट निर्देशक
उत्कृष्ट चलचित्र
लाइफटाइम अचिभमेन्ट
विशेष नेपाली संगीत योग्दान
सामाजिक योग्दान

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu