अमेरिकी अभिनेता तथा निर्माता ब्राड पिटले आफ्नो शरिरमा छेड्ने टाटू अहिलेसम्म आफ्नो बारेमा मात्र जोडिएको विषयमा मात्र हुन्छ । तर यो पटक भने ब्रैड पिटले आफ्नो श्रीमती र बच्चासँग जोडिएर हातमा टाटू छेडेका छन् ।
अहिले ब्राड पिट लस एंजलसको परिवारको साथमा आउटिंग गरिरहेका छन् । यहि मौकामा ब्राडको हातमा एक टाटू देखिएको छ । ए, एम, पी र जेड लेखिएको उक्त टाटूको अर्थ उनकी पत्नी एन्जेलीना जोली, छोरा मैडोक्स, पैक्स र छोरी जहाराको पहिलो अक्षर हुन आउँछ ।
पिटले आफ्नो पीठ, हात, खुट्टा र पेटमा पनि टाटू बनाएका छन् । जसमध्य केहि टाटू यस्ता छन् जसले उनका पुराना अतित बोकेका छन् । त्यति मात्र होइन हलिउडकी चर्चित अभिनेत्री तथा ब्राड पिटकी श्रीमती एन्जेलीना जोलीले पनि केहि समय अगाडी ब्राडको नाम आफ्ना हातमा टाटू बनाएर खोपेकी थिइन् ।