‘ब्याङ ब्याङ’को सिक्वेल बन्ने, ऋतिक र कट्रिनाको लागेन टुंगो



bang-bang-returns

गत वर्ष बलिउड बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भएको चलचित्र ब्याङ ब्याङको सिक्वेल निर्माण हुने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार हाल स्क्रिप्टको काम भईरहेको र चलचित्रको लिड रोलमा ऋतिक रोशन नै हुने बताइएपनि हालसम्म चलचित्रका लागि पक्का नभइसकेको बताइएको छ ।

नायिकामा कट्रिना हुने नहुने भन्ने पनि निश्चित भैसकेको छैन । चलचित्रको सुटिङ आगामी वर्षबाट सुरु हुने बताइएको छ । ब्याङ ब्याङमा सिद्धार्थ आनन्दको लगानी र निर्देशन रहेको थियो र यसको सिक्वेलमा पनि उनको नै लगानी र निर्देशन हुने स्रोतले जनाएको छ । कोहिनूर चोरको कथामा आधारित चलचित्रका ऋतिकको साथमा कट्रिना कैफले अभिनय गरे पनि यसबारे सबै कुरा भनिएको भने छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu