‘लभ यू बाबा’ जापानको ‘सिन्होकुवो फिल्म फेस्टिभल’मा देखाइने



love-you-baba-poster-1विश्व चलचित्र इतिहासमा ७ वर्ष ३ सय चालिस दिन उमेरमा चलचित्र निर्देशन गरेर कान्छा निर्देशकको रुपमा गिनिज बुक अफ् वर्ल्ड रेकर्डसमा नाम लेखाउन सफल भएका सौगात विष्ट निर्देशित चलचित ‘लभ यू बाबा’ जापानको सिन्होकुवो फिल्म फेस्टिभलमा देखाइने भएको छ ।

आउँदो अगस्ट महिनाको दोश्रो साता बाट सुरु हुने उक्त फेस्टिभलमा पहिलो पटक नेपाली चलचित्रले सहभागिता जनाएको हो । फेस्टिभलमा यो चलचित्र अगस्ट १६ र २० मा जापानी भाषामा सबटाईटल राखी देखाइने बताइएको छ । फेस्टिभलमा सहभागी हुन निर्देशक विष्ट र उनकी आमा सम्झना पोखरेलले जाने छन् ।

अगस्ट १५ देखि सुरु हुने फेस्टिभल अगस्ट २२ सम्म चल्नेछ । फेस्टिभलमा दश हजार जनाले सहभागीता जनाउने छन् भने नेपाल, साउथ कोरिया, चिन, सिङ्गापुर, थाइल्यान्ड, बेल्जियमका १७ वटा चलचित्रहरु प्रदर्शन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu