भाईजानको नाफा किसानलाई बाँढ्दै सलमान



bajrangi-bhaijaan-teaser-sa

बलीउडस्टार सलमान खान अभिनित चलचित्र बजरंगी भाईजानले यति बेला एकपछि अर्को रेकर्ड बनाउँदै गएको छ । प्रदर्शनमा आएको ५ दिन वितिसक्दा चलचित्रले हालसम्म १५० करोड भन्दा माथिको व्यापार गरिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर सलमानले उक्त चलचित्रको नाफा किसानहरुलाई दान गर्ने सोच बनाएका छन् ।

बीजेपी नेता शाइना एनसीसँगको भेटमा सलमानले आफ्नो चलचित्र बजरंगी भाईजानको नाफा खेतीबाट केहि नभएर आत्महत्या गर्ने किसानको परिवारलाई दिन चाहेको बताएका छन् । भारत सरकारले पनि आत्महत्या गर्ने किसानको परिवारलाई आर्थिक सहयोग गर्ने बताए पनि हालसम्म उक्त रकम पुग्न भने सकेको छैन ।

बीजेपी नेता शाइना एनसीको साथमा चलचित्र बजरंगी भाईजानका अभिनेता तथा निर्माता सलमान खान, निर्देशक कबीर खान र सलमानकी बहिनी अलविरा अग्निहोत्रीले राजस्व मन्त्री एकनाथ खड़सेलाई भेटी आत्महत्या गरेका किसानका परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन । साथै उनीहरुले मन्त्री एकनाथलाई चलचित्र बजरंगी भाईजान हेर्न पनि निम्तो दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu