‘नाईं नभन्नू ल ४’ लागि नयाँ कलाकार खोज्दै निर्देशक आचार्य



Nai-Nabhannu-La-4-Audition

ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘नाईं नभन्नू ल’ शृंखलाको चौथो भागका लागि नयाँ कलाकारको खोजी सुरु भएको छ । निर्देशक विकास आचार्यले अडिसन कल गर्दै अभिनयमा रुची भएकालाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

आचार्यले स्थापित अभिनेताहरुसँग आफूलाई चाहिएको समय उपलब्ध नभएकाले नयाँ कलाकार लिएर चलचित्र निर्माण गर्ने जानकारी दिए । तय भईसकेका अभिनेता अनुभव रेग्मीसँग धेरैको समय नमिल्दा नयाँ कलाकार लिएर काम गर्न लागेको उनको भनाई छ । ‘अनुभवको विदाको समय सदुपयोग गर्दै सुटिङ गर्नुपर्ने भएकाले स्थापित अभिनेताहरुसँग समय बाझिन गयो । कथाले पनि नयाँ अभिनेता नै मागिरहेकाले नयाँमा जाने निर्णय गरेका हौं,’ निर्देशक विकासले भने ।

उनले १७ देखि २५ वर्षको उमेर भएका अभिनयमा रुची भएका जोकोहीले पनि सम्पर्क गर्ने सक्ने बताएका छन् । ‘नाईं नभन्नू ल’ शृंखलाको चौथो भागका लागि अनुभव रेग्मी र प्रियंका कार्की लगभग फाइनल भईसकेका छन् । नयाँ कलाकार टुंगो लाग्ने बित्तिकै सुटिङको तयारी थाल्ने आचार्यले बताए । ‘नाई नभन्नू ल’का यस अघिका तीनै शृंखला हिट भएका थिए ।

चलचित्र ‘नाईं नभन्नू ल’ शृंखलाको चौथो भागका पुरुषोत्तम प्रधानको छायांकन र बसन्त सापकोटाको संगीत रहनेछ । राजेश पायल राई, प्रेम परियार, प्रल्हाद तिमल्सिना, इन्दिरा जोशी आदिले आवाज दिएको फिल्मका गीतको रेकर्डिङ सकिईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu