
ठुलोपर्दा डटकम, काठमाण्डौ।
सपनाको शहर भनेर मानिने अमेरिकामा पछिल्लो समय नेपाली कलाकारहरुको क्रेज पनि राम्रै देखिएको छ । एकपछि अर्को गर्दै आफ्नो अथवा आफ्नो छोरा छोरीको भविष्यका लागि भन्दै अमेरिका उड्ने कलाकारहरु यति बेला बाक्लै छन् ।
त्यहि क्रममा नेपाली चलचित्रका चर्चित अभिनेता दीलिप रायमाझी पनि शनिबार अमेरिका उडेका छन् । ग्रिनकार्ड पाएको केही समय भएपनि लुकाएर बसेका अभिनेता दीलिप रायमाझी आफ्नो छोरीको भविष्यका लागि भन्दै अमेरिका उडेका हुन् ।
छोरी दिव्या रायमाझी र श्रीमती मञ्जु रायमाझीको साथमा आज दीलिप अमेरिका उडेका हुन् । पत्नी मञ्जुको आग्रहमा दीलिपले ग्रिनकार्ड एप्लाई नेपालबाटै गरेका थिए । झण्डै १ सय भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका अभिनेता दीलिप नेपाली चलचित्रका एक कुशल अभिनेताको रुपमा चिनिन्छन् ।