बेलायतको राजधानी लण्डनमा नेपाली चलचित्र ‘रातो घर’ प्रिमियर गरिएको छ । अल्डरसटको प्रिन्सेस हलमा आयोजित प्रिमियर कार्यक्रममा यस चलचित्रका प्रस्तुतकर्ता निकेश लिम्बु, निर्देशक सुरज सुब्बा ‘नाल्बो’, ‘हँसिया’ निर्देशक मिलन चाम्स, गायकहरु योगेश्वर अमात्य, दीपक थापा, ओमविक्रम विष्ट उपस्थित थिए ।
‘प्रिमियर’मा दर्शकको उत्साहित उपस्थिती रहेको बताईएको छ । प्रिमियर कार्यक्रममा रंगकर्मी एवं समाजसेवी शशी थापा सुब्बालाई सम्मान प्रदान गरिएको थियो । माङहिम फिल्मस र तक्मे प्रोडक्सनले निर्माण गरेको यो चलचित्रमा पूर्वी नेपालको सामाजिक कथा बताउँछ ।
चलचित्रमा विल्सन विक्रम राई, सयंम पुरी, गौरव पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कुवँर, भानु प्रताप, उपशना नेम्वाङ, श्याम राई लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यस चलचित्रमा महेश खडका र डम्बर नेपालीको संगीत रहेको छ ।
भिडियो: