‘कालो पोथी’ ‘क्रिटिक्स सप्ताहन्त’का लागि छनोट



Kalo-Pothiमीनबहादुर भामद्वारा निर्देशित नेपाली चलचित्र ‘कालो पोथी’ इटालीको भेनिसमा हुने ‘भेनिस इन्टरनेश्नल फिल्म फेस्टिभल’को ‘क्रिटिक्स सप्ताहन्त’का लागि छनोट भएको छ। उक्त विधामा नेपालका अलावा विभिन्न देशका गरी कुल ३० फिल्म छानिएका छन्। यस अघि पनि यो चलचित्र यसै फेटिबलमा छानिएको थियो। चलचित्र प्रदर्शनपछि मतका आधारमा उत्कृष्ट चलचित्रको छनोट गरिने छ। कालो पोथीको सुटिङ मुगुमा १९ र काठमाडौंमा एक दिन गरिएको थियो।

द्वन्द्वकालमा दुई बालकले भोगेका सामाजिक पीडामा आधारित कथा फिल्मले उठाएको निर्देशक तथा लेखक मीन बताउँछन्। ५ सय गाउँले र ४ सय याकको बथानसहितको दृश्य पनि चलचित्रमा खिचिएको हो । नेपालबाट छिरिङरितार शेर्पा, देवकी राई र अनुप थापा निर्माता रहेका कालो पोथीले युरोपेली आर्थिक पुरस्कार, स्विजरल्यान्डको भिजन सुदबाट ५० हजार फ्रांक (करिब ५५ लाख रुपैयाँ) र जर्मनीको बर्लिन फिल्म महोत्सवबाट ३० हजार युरो (लगभग ३४ लाख रुपैयाँ) यसअघि नै जितिसकेको छ।

यस अघि चलचित्र कालो पोथीलाई फ्रान्सेली संस्था सिएनसीबाट १ लाख १० हजार युरो (करिब १ करोड २५ लाख रुपैयाँ) सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu