हेर्नुहोस् ‘भैरव’को भोजपुरी गीत (भिडियो)



bhairav-bhojpuri-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चर्चित अभिनेता निखिल उप्रेतीको निर्देशन, निर्माण र अभिनयमा तयार भएको चलचित्र भैरवको अर्को नयाँ गीत रिलिज भएको छ । तराईक्षेत्रमा बोलिने भाषामा भोजपुरी शैलीको ‘गोली ढाईं ढाईं चले’ बोलको गीत रिलिज भएको हो ।

गीतमा मेनुका प्रधानले आइटम डान्स गरेकी छिन् । यो गीतले तराईक्षेत्रमा राम्रै हंगामा गर्ने चलचित्र यूनिटको दाबी छ । सार्वजनिक गीतमा ममता राउतको स्वर तथा गुफिको संगीत रहेका छ । त्यस्तै मेनुकालाई गीतको बोलमा नचाउन भने रामजी लामिछानेले सिकाएका छन् ।

भदौ ११ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको यो चलचित्रमा नेपाल–भारत सिमामा हुने अपराध, अपहरण र लुटपाटका घट्नालाई मुख्य कथावस्तुको रुपमा उतारिएको छ । चलचित्रको मुख्य भूमिकामा नायक निखिल उप्रेती र नायिका अनु शाह रहेका छन् ।

चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका छन् । संगीतमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ । यस्तै नागेन्द्र रिजाल, रविनहुड सेन, केशव राई, जयकिशन बस्नेत, मुरलीधर, रतन दारुवालाको पनि अभिनय रहेको छ । उप्रेती प्रहरी निरिक्षकको भूमिकामा देखिनेछन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu