बलिउडस्टार अजय देवगनद्धारा अभिनित चलचित्र दृश्यमले यति बेला राम्रो प्रतिक्रिया बटुल्दै गएको छ । पछिल्ला चलचित्रमा एक्शन अवतारमा देखिदै गएका अजयको यो चलचित्रले भने दर्शकहरुलाई रुवाउन समेत सफल भएको छ ।
अजय देवगन, तब्बू र श्रिया सरन अभिनित चलचित्र दृश्यमले प्रदर्शनमा आएको पहिलो दिन ८.०५ करोडको व्यापार भनेको थियो भने दोस्रो दिन ९.४० करोडको व्यापार गरेको तरण आदर्शले जानकारी दिएका छन् । यो व्यापार बलिउडमा कमजोर मानिन्छ तर पनि चलचित्रको प्रतिक्रिया भने राम्रो आएका कारण दृश्यम पनि सय करोडमा प्रवेश गर्ने सम्भावना रहेको बताइएको छ ।