‘ग्लोबल फिल्म फेस्टिभल’मा परे पाँच नेपाली चलचित्र



global-film-fiestival-1

एफ.आइ.एको आयोजनामा अगस्त ७ देखि १६ सम्म सञ्चालन हुने सन फ्रान्सिसिस्को ग्लोबल फिल्म फेस्टिभलमा दुईवटा छोटा चलचित्रसहित पाँच नेपाली चलचित्र मनोनयनमा पर्न सफल भएका छन् ।

महोत्सवमा नेपालबाट मनोनीत चलचित्रमा विष्णु पाण्डेद्वारा निर्देशित साँघुरो, शंकर घिमिरेको तुलसी, उदय सिजापतिको टाटा वाईवाई रहेको छ भने दुई छोटा चलचित्रअन्तर्गत फूलमान वलको सेलफोन र जसकुमार राईको सेक्रिफाइस नेभर डाई रहेका छन् । यो सँगै सान फ्रान्सिसिस्को ग्लोबल फिल्म फेस्टिभलमा चलचित्रकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित पनि गरिने भएको छ ।

सम्मानित हुनेहरूमा हलिउड अभिनेता ज्याकी च्याङ, बलिउड अभिनेत्री रानी मुखर्जी र जुही चाउला एवं नेपालबाट अभिनेता सुनिल थापा रहेका छन् । साथै फेस्टिभलमा नेपालबाट सुनिल थापा, नन्दिता केसी, केकी अधिकारी, विल्सन विक्रम राई, राजभल्व कोइराला, निरज बराल, पुजना प्रधान, नरेश देव पन्त, ऋचा घिमिरे, अनुशिल श्रेष्ठ, जस कुमार राई, राजकुमार लामा सहभागी हुने बताइएको छ ।

संस्थाका ग्लोबल डाइरेक्टर प्रकाश थापाका अनुसार नायिका नन्दिता केसी र केकी अधिकारीले नेपाली सांस्कृतिक झल्किने नृत्य प्रस्तुत गर्नेछन् । फेस्टिभलमा ३० देश का २५० चलचित्रले सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu