माघ १ गते ‘काफल पाक्यो’



Kafal-Pakyo-1

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायक जीवन लुईँटेल अभिनित नयाँ चलचित्र ‘काफल पाक्यो’ माघ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्र काफल पाक्योको रिलिज डेट, गीत र प्रोमो सार्वजनिक गरिएको हो

सावित्री खत्रीले निर्देशन गरेको चलचित्र काफल पाक्योमा नायक जीवन लुईँटेलको अलवा नवनायिका वर्षा सिंह, मुकेश आचार्य, लय संग्रौला, उत्तम केसी, बीएस राणा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रको गीत र प्रोमो सार्वजनिक गर्दै निर्देशक सावित्री खत्रीले भनिन -‘चलचित्रलाई हामीले उत्कृष्ट बनाउने प्रयास गरेका छौं र राम्रो बनेको छ भन्नेमा म र हाम्रो टिम पुर्ण विस्वस्त छ ।’

Kafal-Pakyo-2

साधारण गाँउले जीवन विताइरहेका नायक जीवन लुईँटेलको पेरिफेरीमा चलचित्र धुमेको पनि निर्देशक खत्रीले जानकारी दिइन । उपेन्द्र सुवेदी, सुरेश राउत, लक्ष्मी केसीले निर्माण गरेको चलचित्र काफल पाक्योमा विकास चौधरीको संगीत, शंकर अधिकारीको गीत, हिमाल केसीको द्वन्द्व, कविराज गहतराज र सरिता राजचललेको कोरियोग्राफी रहेको छ । चलचित्रलाई दीर्घ गुरुगं र दीपक बज्राचार्यले खिचेका हुन् । चलचित्रलाई शुभकामना दिन पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई लगायतका व्यक्तिहरु उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu