श्रीको सम्मानको लागि चलचित्रमा फर्कन्छु: स्वेता खड्का (भिडियो)



Sweta-and-gauri

ठुलोपर्दा डटकम, काठमाण्डौ।
स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि विक्षिप्त अवस्थामा रहेकी नायिका तथा श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी स्वेता खड्काले पुन चलचित्रक्षेत्रमा फर्कने सोच रहेको बताएकी छिन् । सोमबार राजधानीमा आयोजित श्रीकृष्ण श्रेष्ठको वार्षिकी कार्यक्रममा श्वेताले भावुक हुँदै यस्तो कुरा बताएकी हुन् ।

उनले कार्यक्रममा बोल्दै भनिन्, ‘म फेरी तपाईहरुको माया पाउनका लागि चलचित्रमा अभिनय गर्न चाहन्छु त्यसका लागि मलाई हिम्मत दिनुहोला ।’ केहि समय श्रीकृष्णको सम्झनामा आफ्नो मन्तव्य व्यक्त गरेकी स्वेता अगाडी भनिन्, ‘अब मेरो आफ्नु भन्नु मेरा दर्शकहरु नै हुनुहुन्छ त्यसैले यति बेला मलाई तपाईहरुको हिम्मत र शाहसको आवश्यक परेको छ ।’

नायिका स्वेताले सबैको मायाले गर्दा आफू एक वर्षपछि हिँड्न र बोल्न सकेको पनि कार्यक्रममा बताएकी थिइन् । उनले सोहि क्रममा भनिन्, ‘म जस्तो अभागी केटीलाई उहाँले धेरै कुरा सिकाएर, बुझाएर जानु भएको छ त्यसैले उहाँको सम्मानका लागि पनि म धेरै भन्दा धेरै काम गर्न चाहन्छु ।’ श्रीकृष्णको वार्षिकी कार्यक्रममा नेपाली चलचित्रक्षेत्रका चर्चित अनुहारहरु उपस्थित भएका थिए ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu