ज्याकी च्यानसँगै नेपाली कलाकार सुनिल थापालाई अमेरिकामा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ दिइँदै



sunil-thapa-and-jackie-chan

अगस्ट ७ देखि १६ सम्म अमेरिकाको सान फ्रान्सिस्को सहरमा हुने ‘फेस्टिबल अफ ग्लोब’ (FOG) नामक विश्वप्रसिद्द संस्थाले आयोजना गर्दै आएको अन्तराष्ट्रिय चलचित्र महोत्सवमा नेपाली कलाकार एवं बलीउड चलचित्र ‘मेरी कोम’ मा समेत अभिनय गरेका कलाकार सुनिल थापा, हलिउड कलकार ज्याकी च्यान र मार्टिन सिन, बलिउड संगितकार–गायक बप्पी लहरी, भियतनामी नायिका किउ चीनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिने भएको छ ।

उक्त महोत्सवमा नेपालका कोरियोग्राफर शंकर विसीले जहाँ छन् बुद्धका आँखा, कलाकार सुनिल थापाको करियरको उत्कृष्ट नेपाली चलचित्र चिनोको ‘मोहनी लाग्ला है’ भन्ने गीत र माइतीघरको गीत र रेसम फिरिरीको धुनलाई फ्युजन गरेर नायिकाहरु नन्दिता केसी र केकी अधिकारीले प्रस्तुति दिदैछन् । नायिकाद्वय केसी र अधिकारीले विदेश भूमिमा पनि यसरी आफ्नो देशका कलाकारलाई सम्मान गरिदा आफू पनि संलग्न हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

२१ वर्ष लामो इतिहास रहेको यस फिल्मी महोत्सवमा पहिलो पटक नेपाली फिल्म समावेश गराउन प्रमुख भूमिका निभाएका यस फेस्टिभलका ग्लोबल लिडर प्रकाश थापाले नेपाली चलचित्रलाई अन्तराष्ट्रिय मञ्चमा पुर्‍याउन फेस्टिभले भूमिका निभाउनेमा आशावादी रहेको बताए । महोत्सवमा चर्चित हलिउड नायक ज्याकी च्यान, मार्टिन शिन, बलिउडकी रानी मुखर्जी सोनु निगम लगायत महत्वपूर्ण कलाकारहरुको आगमन हुने आयोजक समितिले जनाएको छ । महोत्सवमा नेपालबाट दिलिप रायमाझी, निरज बराल, राजबल्लभ कोईराला, शुशांक मैनाली लगायतका कलाकारहरुले पनि सहभागीता जनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu