‘हँसिया’ निर्देशकको ‘वीर विक्रम’ घोषणा



bir-bikram-announce

ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘हँसिया’ चलचित्र निर्देशन गरेर निर्देशकको रुपमा आफुलाई स्थापित गराएका निर्देशक मिलन चाम्सले आफ्नो नयाँ चलचित्र ‘वीर विक्रम’ को निर्माण घोषणा गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण यूनिटले चलचित्र ‘वीर विक्रम’ को निर्माण घोषणा गरिएको हो ।

भदौ ३ गतेबाट छायांकनमा जाने बताइएको चलचित्र ‘वीर विक्रम’ लाई दर्शकको चाहना अनुरुपकै चलचित्र बनाउने निर्देशक चाम्सले जानकारी दिए । उनले चलचित्र एक्सन प्रधान हुने पनि बताए । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका नायक दयाहाङ राईले आफु अन्य चलचित्र भन्दा यो चलचित्रमा विल्कुलै फरक देखिने तयारीमा रहेको खुलाए ।

चलचित्र ‘वीर विक्रम’मा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, दिया पुन लगायतका कलाकारहरुको मुख्य भुमिका रहने छ । यो चलचित्रको आलेख याम थापाले लेखेका हुन् भने यसमा मिलनसँगै अनिला राई, पृथ्वीराज राई र शिवकुमार राईको लगानी रहनेछ । यम थापाको पटकथा, ताराप्रकाश लिम्बूको संगीत, रिनशा राईको नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द्व हुनेछ ।

चाम्स इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यसको छायांकन अवधि ४५ दिन लाग्ने भनिएको छ । चलचित्रको सन् २०१६ को अप्रिल ९ मा लण्डनमा विशेष प्रिमियर गर्ने घोषणा पनि गरिएको थियो । चलचित्रलाई शुभकामना दिन कार्यक्रममा निर्देशक दिनेश डिसी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, नायक धिरेन शाक्य लगायतका व्यक्तिहरुको उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu