एल्बम नआउँदै चर्चित गायक-गायिकालाई संगीत दिए कुमारले



Kumar-Rai

आफनो एउटा पनि सांगीतिक एल्बम नल्याउँदै कुमार दुमी राईले चर्चित कलाकारको स्वरमा संगीत भरेका छन् । संगीतमा आफुलाई निखारेका राईको संगीत रहेको गीतमा राजेश पायल राईले आवाज भरिसकेका छन् । मीना राईको ‘स्कुले जीवन’ नामक एल्बममा राजेश पायलले स्वर दिएका हुन् ।

त्यस्तै, कुमारको संगीतमा जुना प्रसाईँ, प्रास्ना शाक्य, यम बराल लगायतका गायक-गायिकाहरुले आवाज भर्ने भएका छन् । कुमारको दोश्रो एल्बमको लागि यि गीत रेकर्ड हुनेछन् । यस बर्षको दशैँमा आफ्नो सोलो एल्बम बजारमा ल्याउँदै गरेका कुमारले आफ्नो एल्बममा भने एकल स्वर दिएका छन् । उक्त एल्बममा उनले ५ वटा गीतमा आँफले संगीत दिएका छन् भने २ वटामा महेश खड्काको संगीत रहेको छ ।

सात गीत मध्ये दुई वटामा उनका आफ्नै शब्द, चार वटामा चलचित्र निर्माता समेत रहेका क्रिश रिजालका शब्द तथा एक गीतमा कबिराज लिम्बुका शब्द रहेका छन् ।

कुमारको संगीतको तारिफ गर्दै राजेश पायल राई

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu