अमेरिकी दूतावासले पत्याएन कोमललाई, भन्छिन् -‘अमेरिकाले नपत्ताउने ममा के छ ?’



Komal-Oli

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अमेरिकामा कार्यक्रम गर्न भन्दै काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिसा आवेदन दिएकी नेपालकी चर्चित गायिका कोमल ओलीको भिसा आवेदन अमेरिकी दूतावासले अस्वीकृत गरिदिएको छ । केहि बर्षदेखी निरन्तर रुपमा अमेरिकाको भिसाका लागि प्रयास गरेकी ओलीको भिसा आवेदन यसपटक पनि अस्वीकृत भएको हो ।

कोमल ओलीको कार्यक्रम गर्ने भन्दै अमेरिकामा रहेका प्रवर्द्धकले विभिन्न राज्यमा कार्यक्रम बेच्न सुरु गरिसकेका भएतापनि ओलीको भिसा अस्वीकृत भएपछि अन्यौल सृजना भएको छ । नामै नसुनेका गायक गायिका अमेरिकामा पुगिसक्दा पनि ओलीले भिसा नपाएपछि निराशा व्यक्त गरेकी छिन् ।

पत्रकार रामजी ज्ञवालीसँग कुराकानी गर्दै ओलीले भनिन्, ‘खै किन पत्ताउन्न मलाई अमेरिकाले ? अमेरिकाले नपत्ताउने ममा के छ त्यस्तो ? कोमलले अगाडी थपिन खै के भएर अमेरिकी दूतावासले मलाई भिसा दिएन केही थाहा छैन’ ।

कोमल यस पटकको तिज अमेरिकामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी भएर मनाउने सोचमा रहे पनि अब त्यो सपना चकनाचुर हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu