राते काईलाको सम्मानमा अमेरिकामा ‘जहाँ छन् बुद्धका आँखा’



Sunil-thapa

अमेरिकाको क्यालिफोर्नियास्थित सानफ्रान्सिस्कोमा आयोजना भएको फेस्टिभल अफ ग्लोबमा नेपालका कोरियोग्राफर शंकर विसीले ‘जहाँ छन् बुद्धका आँखा’, नेपाली चलचित्र ‘चिनो’को ‘मोहनी लाग्ला है’ र माइतीघरको गीत र रेसम फिरिरीको धुनलाई फ्युजन गरेर नायिकाहरु नन्दिता केसी र केकी अधिकारीले प्रस्तुति दिएका छन् ।

सोहि फेस्टिभलमा राते काईलाको उपनामले चिनिने नेपाली अभिनेता सुनिल थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । फेस्टिभलमा सुनिल थापाको सम्मानका लागि नेपाली कलाकारहरुले विशेष नृत्य प्रस्तुत गरेका थिए । शनिबार राती अबेरसम्म चलेको उक्त अवार्ड समारोहमा भारतीय चर्चित गायक बप्पी लहरी, भियतनामी अभिनेत्री क्यू चिनलाई पनि लाइफ टाइम एचिभमेन्ट अवार्डले सम्मान गरिएको थियो ।

sunil-thapa-samman

साँघुरो, तुलसी, टाटा बाईबाई लगायतका नेपाली चलचित्र प्रदर्शन गरिएको फेस्टिभल अफ ग्लोबमा नेपाली अभिनेत्रीहरू केकी अधिकारी, नन्दिता केसी, ऋचा घिमिरे, नम्रता झा तथा अभिनेता शुशांक मैनालीलाई सम्मान स्वरूप अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu