नेपाली कमेडी चलचित्र ‘रेशम फिलिली’ कतारमा पुनः प्रदर्शन गरिने भएको छ । यस अघि यो चलचित्र कतारमै जुलाई १७ तारिख प्रदर्शन गरिएको थियो ।
कतारमा दर्शकहरुको बढ्दो मागलाई मध्यनजर गर्दै चलचित्र पुनः प्रदर्शन गर्न लागिएको आयोजक निमा भुषालले बताए । चलचित्र यहि अगष्ट २१ तारिखका दिन ग्रान्ड मल स्थित एसियन टाउन सिनेमा हलमा विहान ११: ०० र अपरान्ह्र ०२:०० बजे गरि दुई शोमा प्रदर्शन गरिने भएको छ । प्रणव जोशीको लेखन तथा निर्देशन रहेको चलचित्रमा बिनय श्रेष्ठ, कर्मा, मेनुका प्रधान मुख्य भूमिकामा छन् ।
कतार जाने युवाको सपना, मेनपावरको ठगी र फिल्मको हिरो हुन गरिने संघर्षको कथालाई चलचित्रले बोल्छ । चलचित्रलाई माधब वाग्लेले निर्माण गरेका हुन् ।