टाइगरलाई स्पाइडरम्यान बनेको देख्न चाहन्छु: जैकी श्राफ



jackie-shroff-and-tiger-shroff

१९६० मा एक साधारण गुजराती परिवारमा जन्मिएका जैकी श्राफको चर्चा अहिले पनि बलिउडमा उतिक्कै छ । बलीउड चलचित्र स्वामी दादाबाट बलीउडमा प्रवेश गरेका जैकी चलचित्र हीरोबाट मुख्य भुमिकामा देखिएका थिए ।

Subscribe us on YouTube:-

एकलव्य, फूल एन फाइनल, स्वामी दादा, हीरा पन्ना लगायत ३ दर्जन बढि चलचित्रमा अभिनय गरिसकेका जैकीको हालै मात्र चलचित्र ब्रर्दश प्रदर्शनमा आएको छ । यस बर्ष प्रदर्शनमा आउन लागेको मनिषा कोइराला अभिनित चलचित्र चेहेरेमा पनि जैकीले मुख्य भुमिका निभाएका छन् । उनै बलीउडका सुपरस्टार जैकी श्राफले आफ्ना छोरा टाइगर श्राफलाई हलीउड चलचित्रमा देख्न चाहेको बताएका छन् ।

आज तकले गरेको कुराकानीमा जैकीले टाइगर श्राफलाई हलीउडको स्पाइडरम्यान चलचित्रमा काम गरेको देख्न चाहेको बताएका हुन् । उनले भनेका छन्, ‘म र मेरो छोरा टाइगर धेरै बोल्दैनौ तर हाम्रो काम बोल्छ । र म एक पटक टाइगरलाई हलीउडको सफल चलचित्र स्पाइडरम्यानको अन्य सिक्वेलहरुमा देख्न चाहन्छु ।’ ‘हिरोपन्ती’ चलचित्रमा अभिनय गरेपछि सर्वाधिक चर्चा बटुलेका जैकीका छोरा टाइगरले यसै चलचित्रबाट दर्जनै अवार्ड समेत हात पारेका छन् । अहिले टाइगर हलीउड चलचित्र खेल्ने तयारीमा समेत छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu