‘लोफर’ पछि यस्तो भएको थियो रजनीलाई



rajni-kc

ठुलोपर्दा डटकम, काठमाण्डौ।
पहिलो चलचित्रमा अभिनय गरेपछि प्राय: कलाकारको भबिष्यको टुंगो लाग्छ । पहिलो चलचित्र सफल भएको खण्डमा उसलाई अन्य चलचित्रको अफर आउँछ, तर पहिलो चलचित्रले राम्रो प्रतिक्रिया नदिएपछी भने उक्त कलाकारको भविष्य अन्योलमा रहने गर्छ । त्यस्तै एक नायिका हुन् रजनी केसी । जसले पहिलो चलचित्र नै नेपालका बाघ निर्माता भनेर चिनिने छवि ओझाले निर्माण गरेको चलचित्र ‘लोफर’मा अभिनय गर्ने मौका पाइन् ।

Subscribe us on YouTube:-

पहिलो चलचित्र नै असफल भएपछि उनको करियरमा एउटा प्रश्न चिन्न खडा भयो अब कस्ता चलचित्र खेल्ने र कसले निर्माण गरेको चलचित्रमा अभिनय गर्ने ? लोफर असफल भएपछि यो प्रश्नको घेरामा उनि उभिएकी थिइन । तर उनको करियरमा फेरी अर्को उज्यालोको किरण आयो त्यो हो चलचित्र ‘परदेशी’ । नारायण रायमाझीले चलचित्रका लागी रजनीलाई अफर गर्दा एकपटक त उनी छक्क परेकी थिइन् । नारायण रायमाझीलाई आफ्नो ‘गड फादर’ मान्ने रजनी अहिले चलचित्र ‘परदेशी’को प्रमोशनमा व्यस्त छिन् ।

वुधवार राजधानीमा चलचित्र परदेशीको ट्रेलर, गीत र फष्टलुक पोष्टर सार्वजनिक कार्यक्रममा बोल्दै उनले भनिन्, ‘मैले अभिनय गरेको पहिलो चलचित्र लोफर नै असफल भएपछि म अन्योलमा थिएँ । के गर्ने के नगर्ने केहि सोच्न सकेको थिइन, त्यहि बेला मलाई नारायण रायमाझी दाईले चलचित्र परदेशीको लागी काम गर्र्न आग्रह गर्नुभयो र मैले सिधै उहाँलाई हुन्छ भनिदिए ।’ रजनी अगाडी भन्छिन्, ‘मैले आफू बाहिरको क्यारेक्टर खोजिरहेको थिएँ र त्यो मैले चलचित्र परदेशीमा पाएँ ।’

चलचित्र परदेशीमा प्रशान्त तामाङ, नरेन खड्का, रजनी केसी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्र परदेशी यसै बर्षको विजया दशमीमा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu