‘तेरे नाम’को दोस्रो भागमा सलमान ठिक कि बेठिक ?



Salman-Khan
बलीउडस्टार सलमान खानको हेयर स्टाइलका कारण निकै चर्चित बनेको चलचित्र ‘तेरे नाम’ को अर्को भाग निर्माण हुने भएको छ । सन् २००३ मा रिलिज भएको सलमान र भुमिका चावलाको मुख्य भुमिका भएको यो चलचित्र त्यो समय सुपरहिट भएको थियो ।

Subscribe us on YouTube:-

चलचित्र मात्र नभै सलमानको हेयर स्टाइल पनि निकै लोकप्रिय बनेको थियो । यो चलचित्रका निर्देशक सतीश कौशिकलाई भने अब यसको अर्को भाग बनाउने इच्छा लागेको छ । उनले अर्को भाग पक्का बनाउछु भन्दै यदि यो चलचित्र बन्ने भए आफु सबैभन्दा पहिले यसमा लाग्ने बताएका छन् । सतीश भन्छन्, ‘बिना सलमान तेरे नाम सोच्न पनि मिल्दैन । ‘तेरे नाम’ रिलिज हुँदा सलमानको चर्चा अहिले जस्तो थिएन । एक सामान्य बलिउड कलाकारलाई सुपरस्टार बनाउन तेरे नामको पनि ठुलो हात रहेको छ’ ।

खबरका अनुसार चलचित्र तेरे नाम खेल्न सलमान आफुलाई ठिक मानिरहेका छैनन् । तपाईँको बिचारमा यो चलचित्रमा सलमान ठिक कि बेठिक ?

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu