सृष्टिको रेट एक लाख



Shristi-Shrestha
पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले एउटा म्युजिक भिडियोमा अभिनय गरेबापत एक लाख लिन थालेकी छिन् । मुम्बईमा टिसिरिजको एउटा गीत रिमेकमा काम गरेर फर्किएकी उनले नेपाली चलचित्रको गीतका लागि एक लाख रुपैयाँको लिन थालेकी हुन् । नागरिक दैनिकमा खबर छ ।

Subscribe us on YouTube:-

पुरानो नेपाली चलचित्र ‘माइतीघर’को गायक प्रेमध्वज प्रधान र उपा मंगेस्करको ‘नमान लाज’ को रिमेकमा गीतमा उनले सो रकम पारिश्रमिक लिएकी हुन् । चलचित्रभन्दा म्युजिक भिडियोमा आफ्नो रुचि भएको उनले बताउँदै आएकी छिन् । ‘चलचित्रभन्दा म्युजिक भिडियोहरुमा काम गर्न चाहान्छु । बल्ल करियर सुरु गर्दैछु व्यवसायमा कामको मूल्य त भइहाल्छ नि’, सृष्टिले आफ्नो पारिश्रमिकबारे नागरिकसँगको कुराकानीमा उनले भनिन्, ‘थोरै गीतमा काम गर्छु राम्रो काम गर्छु ।’

हालै सार्वजनिक भएको गायिका देविका बन्दनाको ‘सँधै सँधै’ म्युजिक भिडियोमा अभियन गरेबापत भने उनले ८० हजार लिएकी थिइन् । ‘सधै सधै’ मा डिजाइनर आष्तिकसँग काम गरेकी उनी अहिले अष्ट्रेलिया उड्ने तयारीमा छिन् । अष्ट्रेलिया जान लागेकीले उनले हाललाई म्युजिक भिडियो अभियनको काम स्थगित गरेकी छिन् । फर्किएपछि म्युजिक भिडियोलाई अघि बढाउँछु, उनले भनिन् । बलिउड सिनेमा ज्याकपटको गीत ‘कभी जो बादल वर्षे’मा रोमाञ्चक प्रस्तुति दिँदै सृष्टिले आफ्नो म्युजिक भिडियो अभिनय सुरुवात गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu