तराईमा चल्ने छैन ‘भैरव’



Nikhil-Uprety-action-Hero
ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि समयदेखी सेन्सर बोर्डमा अड्किएको चलचित्र भैरबले मंगलबार मात्र बोर्डबाट पिजी सर्टिफिकेट पाएपनि तराईमा यो चलचित्र नचल्ने भएको छ । तराईमा मधेशी दलहरुले गरेको लगातार बन्दका कारण चलचित्र नचल्ने बताइएको छ ।

Subscribe us on YouTube:-

मधेशका कुरालाई गम्भिर तरिकाले उठान गरेको र मधेशमा आन्दोलन चलिरहेका कारण ‘भैरव’ लाई सर्टिफिकेट दिन आनाकानी गरिरहेको सेन्सर बोर्डले मंगलबार मात्र गृह मन्त्रालयका सचिव र केहि सभासद्लाई चलचित्र देखाएपछि पिजी सर्टिफिकेट दिएको थियो । चलचित्रका निर्देशक, निर्माता एवं कलाकार निखिल उप्रेतीले समय मिलाएर चाँडै तराईमा प्रदर्शन मिति तोकिने जानकारी दिए ।

भैरवमा निखिलको अलवा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाल, रविन सेनलगायतले अभिनय गरेका छन् । चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका छन् । संगीतमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ । चलचित्रमा निखिल उप्रेती प्रहरी निरिक्षकको भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu