बलीउड अभिनेत्री तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या रायले कमब्याक गरेको चलचित्र ‘जज्बा’को यति बेला चर्चा व्यापक छ । बलिउडस्टार अभिषेक बच्चनसँग विवाह गरेर छोरी आराध्यासमेत स्कूल जाने बनाइसकेपछि बलीउड चलचित्र ‘जज्बा’ बाट कमब्याक गरेकी ऐश्वर्याले आफ्नो को एक्टर इरफान खानको तारिफ गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘जब म महशुस गर्थे की म काममा छु तब इरफानले मेरो कामलाई सधै सहज बनाउने प्रयास गरे । इरफानले मलाई सधै काम गर्न असहज नहोस् भन्नका लागी विभिन्न कुराहरु देखी काम गर्ने वातावरणलाई आरामदायक बनाए । र हाम्रा निर्देशक संजय गुप्त पनि निकै राम्रो मान्छे हुनुहुन्थ्यो उहाँले सधै काम गर्न सहज बनाइदिनुभयो ।’
नौ अक्टोवरमा रिलिज हुन लागेको यो चलचित्रमा ऐश्वर्या र इरफानको अलवा शबाना आजमी, अभिमन्यु सिंह, अतुल कुलकर्णी, चंदन राय सन्याल र अनुपम खेरको पनि मुख्य भूमिका रहेको छ । संजय गुप्तको निर्देशन रहेको यस चलचित्रमा कमलेश पांडेय र रोबिन भट्टको पटकथा रहेको छ । ऐश्वर्याको कमब्याक चलचित्र भएकोले यो चलचित्रलाई बलिउडको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।