जब सयौँ फ्यानले निखिललाई घेरे



Bhairav-fan
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पाँच बर्षपछि चलचित्र भैरव लिएर पुन: नेपाली चलचित्रमा कमब्याक गरेका अभिनेता निखिल उप्रेती दर्शकका कुशल एक्शन नायक हुन् । यसअघि उनका चलचित्रहरुलाई दर्शकले राम्रै मनपराएको पाइन्छ ।

Subscribe us on YouTube:-

पिँजडा चलचित्रबाट एक्शन अवतारमा भित्रिएका निखिलको शुक्रबारबाट भैरव प्रदर्शनमा आएको छ । छायांकन सुरु हुँदा देखी नै दर्शकहरुको प्रतिक्षामा रहेको भैरवलाई शुक्रबार बिहान देखी नै दर्शकहरुले अत्याधिक साथ दिएका छन् । पहिलो शो हेर्न गोपिकृष्ण हलदेखी राजधानीका विभिन्न हलमा चाहारेका निखिलाई हलभित्र जान सम्म मुस्किल पर्‍यो । भैरव हेर्न सयौको संख्यामा उपस्थीत दर्शकहरुले उनलाई हेर्न निकै तछाडमझाड नै गर्नु परेका थियो । दर्शकहरुसँग चलचित्र हेर्न निखिलसहित चलचित्रका केहि कलाकारहरु राजधानीका विभिन्न हलहरुमा पुगेका थिए । चलचित्रका वितरक गोपाल कायस्थाका अनुसार चलचित्र भैरवको शुक्रबार बिहानको शो राजधानी देखी राजधानी बाहिर सबै हलहरुमा हाउसफुल छ ।

नायक निखिल उप्रेतीको निर्माण, निर्देशन र अभिनयमा निर्माण भएको चलचित्र भैरवले तराईमा हुने विभिन्न विषयलाई गम्भिर तरिकाले उठाएको छ । भैरवमा निखिलको अलवा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाल, रविन सेनलगायतले अभिनय गरेका छन् । चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका हुन । संगीतमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ । चलचित्रमा निखिल उप्रेती प्रहरी निरिक्षकको भूमिकामा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu