सेक्स र शाहरुख मात्रै विक्ने बताउने नेहा ३५ बर्षमा



Neha-Dhupia
बलीउड अभिनेत्री नेहा धूपिया बिहिबारबाट ३५ बर्षमा लागेकी छिन् । २७ अगस्ट १९८० मा नेहाको जन्म कोच्चिमा भएको थियो । उनी पन्जाबको सिख परिवारबाट बलीउडमा भित्रिएकी हुन् ।

उनले दील्लीमा रहेको आर्मी स्कूलबाट विद्यायल जीवन विताएकी थिइन भने जीसस एण्ड मैरी कलेजबाट उच्च शिक्षा हासिल गरेकी थिइन् । नेहाले २००२ मा फेमिना मिस इन्डियनको ताज समेत पहिरिएकी थिइन् । त्यति बेला उनी निकै चर्चित यूवती बनेकी थिइन् । २००४ मा प्रदर्शनमा आएको चलचित्र ‘जूली’को प्रमोशनको बेला उनले बलीउडमा की सेक्स विक्छ कि शाहरुख खान विक्छन् भन्दै अभिव्यक्ति दिएकी थिइन् ।

उक्त अभिव्यक्तिले एकपटक हंगामा नै खडा गरेको थियो । नेहाले आफ्नो बलीउड करियरको सुरुवात २००३ मा चलचित्र ‘कयामत : सिटी अन्डर थ्रेट’बाट भएको थियो । हैरी बानवाको निर्देशनमा बनेको यो चलचित्रमा उनी बलीउडस्टार अजय देवगनको गलफ्रेण्डको भुमिकामा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu