सलमानकी हिरोइन शाहरुखको फ्यान



Athiya-Shetty
बलीउडका तिन खानसँग अभिनय गर्ने हिरोइनहरुको चर्चा अन्यको भन्दा अलि बढि हुने गर्छ । सलमान खान, शाहरुख खान र आमिर खानको चलचित्रमा अभिनय गरेका बलीउड हिरोइनहरु कमै मात्र यस्तो होलान जो अर्का स्टारको फ्यान हुन । किनकी बलीउडमा तीन खानसँग चलचित्र खेल्नु र उनीहरुले बनाएको चलचित्रमा अभिनय गर्नु नै सबैभन्दा ठुलो उपलब्धी मानिन्छ ।

Subscribe us on YouTube:-

बलीउडस्टार सुनिल शेट्टीकी छोरी अथिया शेट्टीले भने आफु शाहरुख खानको निकै ठुलो फ्यान भएको बताएकी छिन् । सलमान खानले निर्माण गरेको चलचित्र ‘हीरो’बाट बलीउडमा डेब्यू गरेकी अथियाले आफु शाहरुख निकै ठुलो फ्यान रहेको एक सार्वजनिक कार्यक्रममा नै बताएकी छिन् । चलचित्र हिरोको प्रमोशनको क्रममा उनले यस्तो बताएकी हुन् ।

चलचित्रको प्रमोशनको क्रममा उनले भनिन्, ‘म शाहरुख खानले अभिनय गरेको चलचित्र ‘मैं हूं ना’को सेटमा पनि पुगेको थिए । त्यस चलचित्रमा मेरो पिताको पनि विशेष भुमिका रहेका कारण मलाई उहाँले उक्त चलचित्रको सेटमा लैजानु भएको थियो ।’ उनले फेरी थपिन् -‘मैले कुनै दिन शाहरुख खानको चलचित्रमा अभिनय गर्ने सोच बनाएको छु । मलाई थाहा छैन मैले शाहरुखसँग काम गर्न पाउँछु पाउँदिन तर त्यो मौका आयो भने मैले छोड्नेछैन ।’

निर्देशक निखिल आडवाणीको निर्देशनमा तयार भएको चलचित्र हिरो १९८३ मा प्रदर्शनमा आएको चलचित्र ‘हीरो’को रीमेक हो । बलीउडस्टार सलमान खानले निर्माण गरेको यो चलचित्रमा अथिया र सूरज पंचोलीको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu