‘सुन रहा है न’ का गायक अंकित नेपाल आँउदै



Ankit-Tiwari
‘आशिकी २’, ‘एक भिलेन’, ‘एक्सन ज्याक्सन’, ‘पिके’, ‘रोय’ जस्ता बलीउडका सफल चलचित्रमा आवाज दिएका उदीयमान भारतीय गायक तथा संगीतकार अंकित तिवारी नेपाल आँउने भएका छन् ।

Subscribe us on YouTube:-

असोज १६ गते जावलाखेलको फुटबल मैदानमा आयोजना हुने कन्सर्टमा सहभागी हुन उनी नेपाल आँउन लागेका हुन् । आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै अंकित नेपाल आँउन लागेको जानकारी दिएको हो । उनलाई प्लानेट नेपाल इन्टरटेनमेन्टले काठमाडौं ल्याउन लागेको हो । प्लानेटका प्रबन्ध निर्देशक नासिर हुसेनले अंकितलाई गत मे महिनामै ल्याउने तयारी रहेको भएपनि भूकम्पका कारण ल्याउन नसकेको बताए ।

कन्सर्टको आयोजनाबाट आएको मुनाफाको केही प्रतिशत हामी भूकम्प पीडितका लागि पनि खर्चने उनले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । ‘आशिकी २’को ‘सुन रहा है न’ गीतबाट पाश्र्व गायनमा स्थापित अंकित तिवारीले ‘एक भिलेन’को गीतबाट थप उचाइ पाएका थिए । दिउँसो दुई बजेबाट सुरु हुने कन्सर्टमा सहभागि हुन चाहानेहरुले ५ सय, १५ सय र ३ हजारको टिकट लिनु पर्नेछ ।

कार्यक्रममा अंकितसँगै गाउनलाई नेपाली गायक सविन राई र कववेव ब्यान्डसँग कुरा भईरहेको पनि आयोजकले जनाएको छ । पत्रकार भेटघाटमा अंकित असोज १४ मै नेपाल आउने र नेपाली मिडियासँग अन्तरक्रिया गर्ने आयोजकले जनाएको छ । १७ गते देश फर्कने उनलाई जानुअघि सिटी टुर र माउन्टेल फ्लाइट गराउने योजना रहेको आयोजकले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu